सिन्धुलीमाढी, पुस ५ गते । सिन्धुली जिल्लाका सातवटा स्थानीय तह - कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । सुनकोसी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले भने आवश्यक नरहेको भन्दै अहिलेसम्म नगर प्रहरी भर्ना गरेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भएबमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए ।