काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। यसदिन नेप्से १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा बन्द भएको छ। २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँमा खरिद बिक्री भयो। आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन।
यसदिन कारोबारमा आएका १३ समूहमध्ये २ को मात्र मूल्य बढेको छ। उत्पादन समूहको ३.५२ र लघुवित्तको ०.१४ प्रतिशतले मूल्य बढेको हो। विकास बैंकको सेयर मूल्य सर्वाधिक २.२३ प्रतिशतले घटेको छ। होटल तथा पर्यटनको १.५६, जलविद्युत्को १.९९,निर्जीव विमाको १.६७ प्रतिशतले घटेको हो। बाँकी अन्य समूहको पनि सूचक ०.८५ प्रतिशतसम्म ओरालो लागेको छ।
यस्तै यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस फाइनान्स र हिमालयन डिस्टिलरीको १० प्रतिशतले मूल्य बढेको छ। कारोबार रकमका आधारमा गुराँस फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँमा सेयर कारोबार भयो।
यस्तै, १८ करोड ६६ लाख ४१ हजार १३८ रुपैयाँमा सेयर किनबेच गरेर हिमालयन डिस्टिलरी दोस्रो स्थानमा रह्यो।