पुस ५, २०७८ सोमबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

टोटेनह्यामका लागि खेलको १३ औँ मिनेटमा ह्यारी केनले  गोल गरे ।

खेलको ३५ औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए भने खेलको ६९ औँ मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । खेलको ७४ औँ मिनेटमा टोटेनह्यामका सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औँ मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै १८ खेलमा ४१ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोटेनह्याम २६ अङ्कसहित सातौँ स्थानमा छ ।