पुस ५, २०७८ सोमबार

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार रकम पाउने भएका छन् ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौंभित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरूमध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रिय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य चयन गरिनेछ,’ कार्कीले भने । 

सदस्यता वितरण, सङ्गठन निमार्ण र परिचालनसम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालीन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गरेका हुन् ।