प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न आग्रह गरेका छन्।
सभामुखको भूमिकालाई लिएर एमालेले नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले भने, ‘परिस्थिती र परिवेश एकै रहँदैन‚ राष्टिय हितलाई कामय राख्दै सदन सञ्चालनमा सहयोग गर्न ध्यानाकर्षण गर्न चाहन्छौँ। जनप्रतिनिधिहरुको सर्वोच्च निकायमा विधि पद्धति पालनामा प्रतिबद्ध हुन आग्रह गर्दछु। बैठकमा सहभागी भएर आफ्नो कुरा राख्न आग्रह गर्छु।’
जनताको कुरा राख्नुपर्ने बेलामा संसद अवरोध गर्न नहुने सभामुखको भनाइ छ। एमालेले सभामुख विरुद्ध संसदीय मर्यादा कामय गर भन्दै नाराबाजी गरिरहेको छ। एमालेको नाराबाजीको बीच सभामुखले आजको कार्यसूचीलाई अगाडि बढाएका छन्।