पुस ६, २०७८ मंगलबार

 नेटोले वैचारिक पूर्वाग्रह त्यागी अन्तरराष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

‘विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नेटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ, अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ’, मन्त्रालयले सुरक्षा ग्यारेन्टीमा रूसको प्रस्तावमा टिप्पणी गर्दै उक्त कुरा बताएको स्पुतनिकले लेखेको छ।

डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रूस‚ अमेरिका र नेटोबीच सुरक्षा ग्यारेन्टीमा मस्यौदा सम्झौता प्रकाशित गरेको छ।

यस सम्बन्धी कागजात पहिले नै अमेरिका र यसका सहयोगीलाई हस्तान्तरण गरिएको छ। रूसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले नेटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीका लागि रूसको मागलाई जवाफ नदिए नयाँ टकराव निम्त्याउन सक्ने चेतावनी दिएका छन्।