पुस ७, २०७८ बुधबार

गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सको पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते विहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

61c2864619a91.jpg