चैत १, २०७७ आइतबार

फाइनल तस्बिर - एजेन्सी

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेमाथि २–१ गोलको जित निकाल्दै रियल दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु टोली रियलको जितमा करिम बेन्जेमाले दुवै गोल गरे । भने ता इल्चेका डेनी काल्भोले एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियोे । तर दोस्रो हाफको खेलमा पाहुना टोली इल्चेले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६१औँ मिनेटमा काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाए ।

त्यस्तै ७३औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

उक्त जितसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । रियलले २७ खेलबाट ३७ अंक बनाएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ ।

यता पराजित इल्चे भने २४ अंकका साथ १७औँ स्थानमा छ ।