एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लिग म्यानचेस्टर सिटीले घरेलु टोली फुलह्याममाथि ३–० गोलको सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पाहुना टोली सिटीको जितमा जोन स्टोन्स, ग्राबियल जिसस र सर्जियो अगुएरोले समान १/१ गोल गरे ।
निकै रोमाञ्च बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलको ४७औँ मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यस्तै ५६औँ मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउँदा ६०औँ मिनेटमा अगुएरोले पेनाल्टीमा गोल गर्दै ३–० गोलको जित दिलाए । उक्त जितसँगै सिटीले अंक तालिकामा १७ अंकको अग्रता बनाएको छ । कुल ३० खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ५४ अङक छ । यता पराजित फुलह्याम भने २६ अंकका साथ १८औँ स्थानमा छ ।