चैत १, २०७७ आइतबार

फाइनल तस्बिर - एजेन्सी

भारत र इंग्ल्याण्ड बिचको दोस्रो टिट्वान्टी खेल आज हुदैछ। पहिलो टिट्वान्टीमा सम्मानजनक रुपमा फराकिलो जित हात पार्न सफल पाहुना टोली आज पनि ठुलो आत्मबलका साथ मैदान उत्रदै गर्दा शृखंलामा पुनरागमन गर्ने सोचमा घरेलु टोली रहेको छ। 
खेल आज साझ ७:१५ मा भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा हुनेछ।५ खेलको शृखंलामा पाहुना टोली १-० ले अघि रहेको छ। 
पहिलो खेलमा स्पिनरमा बढी भरोसा राखेको भारतिय टोलीमा आज दिपक चहरको पुनरागमन हुन सक्छ। भने इंग्ल्याण्डको टोली कुनै परिवर्तन हुने संकेत रहेको छैन। 

दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहने छ:

इंग्ल्याण्ड
जेसन रोय,जस बटलर(विकेट किपर),डेबिड मलान,जोनी वेयस्ट्रो,ओयन मोर्गान(कप्तान),वेन स्टोक्स,साम करन,क्रिस जोर्डन,जोफ्रा आर्चर,मार्क वुड र आदिल रसिद

भारत
शिखर धवन,केएल राहुल,विराट कोहोली(कप्तान),श्रेयस अय्यर,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,वासिंटन सुंदर/अक्सर पटेल,सार्दुल ठाकुर,भुवनेश्वर कुमार,युजवेन्द्र चहल र दिपक चहर