चैत १, २०७७ आइतबार

काठमाण्डौ : छहारी भलिबल प्रतियोगिता पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता यही चैत्र ४ बाट सुरु हुनेछ  ।

 नयाँ बसपार्कमा रहेको ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा आगामी चैत्र ४ बाट ७ गते सम्म संचालन हुने सो प्रतियोगितामा विभिन्न टिमको सहभागीता रहने छ ।

चैत्र ४ गते बिहान ११:०० बजे हुने उद्घाटन समारोहमा पुर्व स्वास्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पनि आयोजकले  जानकारी गराएको छ।

प्रतियोगितामा विभिन्न विभाग तथा प्रदेशबाट खेलिसकेका खेलाडीले भने खेल्न पाउने छैनन्। टिम दर्ताका लागि चैत्र ३ गते सम्मको मिती तोकिएको छ ।एक टिममा १० खेलाडी तथा समान १/१ प्रशिक्षक र व्यवस्थापक गरी १२ जना हुनु पर्नेछ ।

दर्ताका लागि ७ हजार शुल्क तोकिएकोमा प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमश:१ लाख १ सय ११ रुपैयाँ र ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन्  ।भने तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन् । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधा डिफेन्डर, ब्लकर, स्पाइकर, क्विकर, सर्भर, सेटर र उदियमान खेलाडीले समान २ हजार ५ सय हात पार्नेछन् ।