पुस ९, २०७८ शुक्रबार

 ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । 

अभियान अन्तर्गत अहिलेसम्म बैंकले १७५ वटा भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ। 

सातै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरु आयोजना गर्ने लक्ष्यसहित यो अभियान सुरु भएको बैंकले जनाएको छ । 

बैंकले प्रदेश-१ मा २९ वटा, प्रदेश-२ मा १७ वटा, वाग्मती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिएको छ । आउँदो हप्ता कर्णाली र काठमाण्डौ उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरिने बैंकले जनाएको छ । 

बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।