एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पाहुना टोली एथ्लेटिको घरेलु टोली गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
गोलका लागि सुनौलो अवसर पाउँदा पनि सदुपयोग गर्न नसक्दा एथ्लेटिको रोकिएको हो ।
उक्त बराबरीसँगै एथ्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ ।यता गेटाफे २८ अंक जोडेर १५ औं स्थानमा छ ।