पुस १०, २०७८ शनिबार

नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ ल्याइएको छ । ३ लाख ३४ हजार रुपैयाँ मूल्‍य तोकिएको यो स्कुटर  इएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोबल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ ।

जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट रहेको बताइएको छ ।

यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ । भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ ।

१२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपरसहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलइडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध गराएको छ।

प्यानेरिया १२५ इएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्न चार कलरमा उपलब्ध रहेको बताइएको छ ।  

बेनेलीले सन् १९७० पश्चात पहिलो पटक यस प्रकारको रेट्रो स्कुटर बजारमा ल्याएको हो । जुन नेपालमा पनि भित्रिएको हो ।

नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ  ।