विभिन्न ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज पौष ११ गते, आइतबार अन्तिम दिन रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको चौबीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल हार्दिक, बागबजार, काठमाडौँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १२ गते, सोमबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको नवौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, संस्थाको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष १२ गते, सोमबारदेखि पौष २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको नवौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, गैँडाकोट रिसोर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।