काठमाण्डौ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
तीनदशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष ९महिला० मा कमलाकुमारी विक, उपाध्यक्षमा मिलन परियार तथा प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (१ नम्बर),भोला पासवान (२ नम्बर), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी),टेकेन्द्र विश्वकर्मा (कर्णाली) र करण ताम्राकार (सुदूरपश्चिम) चयन भएका छन् ।