पुस ११, २०७८ आइतबार

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा, पौष ३० गते, शुक्रबार लैनचौर ब्याङ्क्वेट्स, लैनचौर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले हालै मात्र अर्थात् साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

61c80df420a73.jpg