नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार १ सय रूपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १२ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।