काठमाडौं।
विश्व चर्चित बक्सिङ खेलाडी मार्भिन हाग्लरको निधन भएको छ । अमेरिकी बक्सिङ लिजेन्ड हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
१४ वर्षको व्यावसायिक जीवनमा ६७ फाइट गरेका उनी मिडलवेटका पूर्वच्याम्पियन हुन् ।
बक्सिङ प्रमोटर फ्रान्क वारेनले हाग्लरको निधनमा दुख व्यक्त गरेका छन् । उनले बक्सिङले एक लिजेन्ड गुमाएको बताएका छन् ।