पुस १२, २०७८ सोमबार

गरिमा विकास बैंकले GARIMA BIKAS BANK LIMITED धनकुटा र झापा जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको हो  ।यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।