चैत १, २०७७ आइतबार


एजेन्सी।
भारतिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी भिक्षुको अवतारमा देखिएका छन् ।२०२१ ईन्डियन प्रिमियर लिग (आईपीएल) तयारीका लागी चेन्नई सुपर किङ्गसको प्रशिक्षणमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् ।

उनी भिक्षु अवतारमा खेदिएको तस्विर स्टार स्पोर्टसले सार्वजनिक गरेको हो र यो तस्विर सामाजिक संजालमा भाईरल भईरहेको छ ।

यस तस्विरमा, धोनी तल हेरीरहेका छन् । पूर्ण रूपमा बुद्ध भिक्षुको पोशाकमा बसेका उनले आफ्नो कपाल समेत खौरेका छन् ।

फ्यानहरूले धोनीको यो लुकलाई धेरै मन पराई रहेका छन् र प्रतिक्रिया दिई रहेका छन् ।


वास्तवमा यो तस्विर केका लागी खिचिएको हो प्रस्ट नभए पनी विज्ञापनका लागी धोनी भिक्षु अवतारमा देखा परेको हुन सक्ने बताईएको छ ।उनले एक मार्शल आर्ट प्रशिक्षण क्याम्पको विज्ञापनका लागी यो तस्विर खिचेको हुन सक्ने बताईएको छ ।

आईपीएलको १४ औं संस्करण यही २७ गतेबाट सुरु हुदैछ । यसको तयारीका लागी सबै फ्रेन्चाईज टोलिहरुले बन्द प्रशिक्षणहरु आयोजना गरिरहेका छन् ।