पुस १३, २०७८ मंगलबार

नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधि जितेको हो । 

बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्यो । यस्तै दोस्रो सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयो ।

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । योसँगै खेल २–२ को अवस्थमा पुग्यो । 

त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेको हो । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयो । 

नेपाल गएको संस्करणको पनि विजेता हो ।