एभीसी सेन्ट्रल जोन भलिबल पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।
आज मङ्गलवार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग तीन–शून्यको सोझो सेटमा हारेको हो । उज्वेकिस्तानले नेपाललाई २५–१५, २५–१७, २५–२२ ले हराएको हो । यो हारसँगै नेपाल प्रतियोगितामा चौथो बनेको हो ।
दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपालले यस पटक पदकका लागि प्रतिस्पर्धा गरे पनि असफल भयो ।
यसैबीच एभीसी सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधि जितेको हो ।