चैत १, २०७७ आइतबार


काठमाण्डौ।
जिल्लामा छात्रालाई मध्यान्तरको समयमा संवेदनशील अंगमा हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङ प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर(११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।