चैत १, २०७७ आइतबार


एजेन्सी।
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो पहिलो स्मार्टघडी यहीँ मार्चमा सार्वजनिक गर्न लागेको छ।

इन्ग्याजेटका अनुसार कम्पनीले ट्वीटरमा आठ सेकेन्डको टिजर भिडियो हालेर वानप्लस स्मार्टघडी मार्च २३ देखि उपलब्ध हुने बताएको हो।

वानप्लसले हालसम्म स्मार्टघडीको डिजाइनबारे खुलासा गरेको छैन। तर रिर्पोटको अनुमानअनुसार सो स्मार्टघडीको आकार गोलो हुनेछ।

दष्मज बिद दयह बम छ
प्रयोगकर्ताको हृदय गति, रक्त अक्सिजन र रक्तचाप मापन गर्न वानप्लस स्मार्टघडीको पछाडी कयौँ सेन्सरहरु राखिने इन्ग्याजेटले जानकारी दिएको छ।

यस स्मार्टघडीमा प्रयोगकर्ताको शारीरिक गतिविधि ट्रयाक गर्न सक्ने फिचर पनि हुनेछ।

कम्पनीका सिइओ पिट लाउले गत वर्ष नै वानप्लस स्मार्टघडी बन्दै गरेको खुलाएका थिए। सन् २०१६ मा पनि कम्पनीले स्मार्टघडी बनाउने प्रयास गरेको थियो, तर काम बिचमा रोकियो।  

अब पहिलो स्मार्टघडीसँगै कम्पनीले आफ्नो नयाँ स्मार्टफोन वानप्लस ९ र वानप्लस ९ प्रो पनि त्यही दिन सार्वजनिक गर्नेछ।