पुस १८, २०७८ आइतबार

एजेन्सी । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको यो तस्बिर दक्षिणी सुडानको जुबास्थित यूएन शिविरको हो । तस्बिरमा भएकाहरू शान्ति मिसनमा खटिएका तीनजना महिला सैनिक हुन् ।

जहाँ मलावीकी कप्तान अटुपेली मेवे, भारतकी मेजर विन्देश्वरी र नेपालकी कप्तान रितु पाण्डे छिन् । तीनैजनाको पोशाक फरक छ, टोपी उस्तै ।

शान्ति सेनामा महिलाहरूको उल्लेख्य सहभागिता हुन थालेको छ । नेपालले पनि शान्ति सेनामा महिलालाई प्राथमिकताका साथ पठाउन थालेको छ ।