पुस १८, २०७८ आइतबार

जनकपुर, १८ पुस । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरू ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइतेमध्ये २ जनाको टाउकामा गम्भीर चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको छ । त्यस्तै ३ जनाको खुट्टामा चोट लागेको जनाइएको छ ।