कञ्चनपुर । वेदकोटमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बुधवार अपराह्न बेदकोट- ३ दैजीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वेदकोट नगरपालिकाका ३५ वर्षीय लालबहादुर डगौरा र पछाडि सवार अर्का २९ वर्षीय शीतल डगौरा घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार शीतल डगौैराको अवस्थामा गम्भीर रहेको छ । पूर्वबाट पश्चिम आइरहेको सुदुरपश्चिम प्रदेश०२–००–१ क ५४५ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको म २ प ९०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।टिप्परले ठक्कर दिँदा घाइते भएका दुवै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । टिप्पर र टिप्पर चालक अस्थायी प्रहरी पोष्ट दैजीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहरेको प्रहरीले बताएको छ ।