२०७१ सालदेखि सञ्चालनमा आएको एनआईबीएल सामूहिक लगानी कोषअन्तर्गत एनआईबीएल समृद्धि फण्ड–१ यही पौष २२ गते परिपक्व हुने भएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लिमिटेड व्यवस्थापक रहेको उक्त फण्डले ७ वर्ष अगाडि रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो।
यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८।५ प्रतिशत लाभांश वितरण गरेको थियो। दोस्रो बजारमा अधिकतम प्रतिइकाई रु१७।७१ सम्म कारोबार भएको थियो।
एनआईबीएल सामूहिक लगानी कोषअन्तर्गतको एनआईबीएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो। योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारी गरेको छ।