बैंक अफ काठमाण्डू लिमिटेडले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले बीओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ।
‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मूल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार विदेशमा श्रम गरिरहेकाहरुले खोल्न सक्ने मुद्घती खातामा ११।०५ प्रतिशत वार्षिक ब्याजदर दिइनेछ। साथै बीओके रेमिट बचत खातामा उच्चतम ब्याजदरको प्रतिफलसहित मोबाइल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक विशेषताहरुको उपयोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरी आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास लिएको छ।
बैंकले ९२ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ।