महेश सिंह/सिरहा/लहान/२२ पुस - स्वर्गीय सङ्गिता स्मृति प्रतिष्ठानले गर्दै आएका मासिक कार्यक्रमअन्तर्गत बिहीवार लहान नगर पालिकाभित्रका २ दुई सय जना अति विपन्न परिवारलाई जाडाे छल्न कम्बल वितरण गरिएको छ । समाजसेवी महेश चौधरीले ती परिवारलाई कम्बल वितरण गरेका हुन् ।
चौधरीले श्रीमती गुमाएको हप्ता दिनभित्रै स्वर्गीय सङ्गिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराइ श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन मासिक कार्यक्रम घोषणा गर्दै निरन्तर समाजसेवामा लागेका छन्।
उनी गरिब, दलित, एकल महिला, असहाय, अनाथ बालबालिकालगायत निमुखा जनताकाे सहारा पनि बन्दै आएका छन्।
हाल समाजसेवी नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापतिको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन्।
बिहीबार अति विपन्न दुई सय घुरधुरीलाई कम्बल वितरण गरेका हुन् । लहान नगरपालिका वडा नम्बर नं. १२ ,१५ ,२२ र २४ नम्बरका मानिकदह झुटकी,ढोडना, बेलिजटीयाही र शिशवनीलगायत एकै साथ दुई सय जना जाडाे प्रभावित परिवारलाई कम्बल वितरण गरेको समाजसेवी चौधरीले बताए ।