चैत १, २०७७ आइतबार


काठमाण्डौ।
 आज एक कार्यक्रमका बिच नेपाल सुपर लिग फुटबल प्रतियोगितामा सहभागि हुने सात टिम तथा टिम मालिकहरुको नाम सार्वजनिक गरिएको छ । आज आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पत्रकार सम्मेलन गरेर फ्रेन्चाइजी टिम र उनका मालिकको नाम सार्वजनिक गरिएको हो ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई, काठमाडौंका टिम मालिक चिरन्जिबी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।