पुस २२, २०७८ बिहिबार

महेश सिंह/सिरहा/लहान/२२ पुस - सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा पतञ्जली याेग आयुर्वेद आश्रम भवनको उद्घाटन भएको छ। प्रदेश नं २ का समाजिक विकास मन्त्री नवलकिशाेर साहले हिन्दु परम्पराअनुसार गायत्री मन्त्रद्वारा हाेम जप गरी विधिपूर्वक पानसमा दियो बालेर उद्घाटन गरेका थिए।

१२५ फिट लम्बाई र ६५ फिट चाैडाई भएको आश्रम निर्माण भएको छ ।