पुस २३, २०७८ शुक्रबार

काठमाडौँ, पुस २३ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने गरी योजना अगाडि बढाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

बिहीबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसद् कार्यक्रममा सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगार प्रतिष्ठानलाई कोषमा सूचीकृत हुन आग्रह गर्दै उनले भने, “अब सबै प्रतिष्ठान र श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आवश्यक छ । यसमा सबै श्रमिक र रोजगारदाताको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ । ”