शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ।
नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो।
हालै गुणस्तर तथा नापतौल विभागले प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो।
सिमेन्ट जगतमै पहिलो पटक शिवमले एनएस ब्वालिटि अर्वाड-२०१९ प्रथमबाट पुरस्कृत शिवम् सिमेन्ट योसँगै ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्राण्ड बन्न सफल भएको हो।
अब हालसम्म उत्पादित सिमेन्ट मध्ये शिवम् मात्रै यस्तो ब्राण्ड हो जुन नेपाल गुणस्तर ५७२बाट प्रमाणिकरण भइ ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न योग्य छ।
निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक शिवम्ले एनएस ब्वालिटि अर्वाड-२०१९ बाट सम्मानित भएको शिवम्ले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरी एनएस–५७२ अनुमति तथा मान्यता प्राप्त गरी नेपालकै पहिलो र एकमात्र ४३ ग्रेडको सिमेन्ट उत्पादक भै आफ्नो निरन्तर गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको छ।
नेपालमा एन. एस. ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस– ५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो।
अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न ल्क्(छठद्द प्रमाणिकरण गर्नु अनिवार्य छ।
जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ।
क्वमलिटिको मामलामा नो कमप्रमाइज भन्दै देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ।
सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, युआरएस प्रमाणित आइएसओ सर्टिफाइड प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।