पुस २३, २०७८ शुक्रबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन्। 

परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए।

छनोट भएका उम्मेदवारहरूमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन्। छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको छ।