पुस २३, २०७८ शुक्रबार

 नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। 

छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजाबी सुन आज  ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ। आज चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।