पुस २३, २०७८ शुक्रबार

नारायणहिटी संग्रहालय परिसरमा निर्माणाधीन रेष्टुरेन्टका संरचना भत्काउन लागिएको छ।  

सरकारले सो विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै  रेष्टुराँ परिसरको पर्खाल भत्काइन लागेको दरबार  संग्रहालयमा कार्यरत कर्मचारी दिपेश बज्राचार्यले बताए।

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो ।