पुस २४, २०७८ शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले पशुपति क्षेत्र विकास कोषको आज निरीक्षण गरेको छ । 

युवा संघले गठन गरेको ‘सार्वजनिक सम्पतिको दुरूपयोगविरुद्ध युवा दबाब तथा अध्ययन समिति’ले पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले सञ्चालन गरेको होटेलको अनुगमन गरेको छ । 

एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्थ, केन्द्रीय सदस्य एवं संघका अध्यक्ष नरेश शाही, इन्चार्ज, पदाधिकारीका साथै समितिका संयोजक एवं संघका उपमहासचिव तथा प्रवक्ता सञ्जिप राई सहितको टोलीले अनुगमन गरेको हो । 

पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकाश कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरूपयोग गरेको र यसका साथै देशका विभिन्न स्थानहरूमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरूपयोग गरिरहेको विषयमा संघले राज्यको गम्भीर ध्यानाकर्षण गरेको प्रवक्ता राईले बताए ।