चैत २, २०७७ सोमबार

फाइनल तस्बिर - एजेन्सी

एजेन्सी : सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । 

आइतबार राति भएको खेलमा युभेन्टसले घरेलु टोली क्याग्लिआरीमाथि ३–१ गोलको जित निकालेको हो ।

पाहुना टोली युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे भने यता क्याग्लिआरीका जियोभानी सिमेवनले एक सान्त्वना गोल फर्काए । रोनाल्डोले खेलको ३२औँ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । 

जारी खेलको दसौँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै २५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । र ३२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । पहिलो हाफमै ३-० गोलको आरामदायी अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा भने गोल गर्न सकेकन । 

दोस्रो हाफको खेलको ६१औँ मिनेटमा क्याग्लिआरीका सिमेवनले एक गोल फर्काए । र खेलमा युभेन्टस ३-१ गोलले विजयी भयो 

उक्त जितसँगै तेस्रो स्थानको युभेन्टसले २६ खेलमा ५५ अंक जोडेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा १० अंकले पछि परेको छ ।यता पराजित क्याग्लिआरी भने २२ अंकका साथ १७औँ स्थानमा छ ।