चैत २, २०७७ सोमबार

फाइनल तस्बिर - एजेन्सी

काठमाण्डौ : घरेलु टोली भारतले ५ खेलको टिट्वान्टी शृखंला मा १-१ को बराबरी गरेको छ। गए राती सम्पन्न दोस्रो टिट्वान्टी खेलमा पाहुना टोली इंग्ल्याण्डलाई  ७ विकेटले पराजित गरेको हो। 

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले जेसन रोयको ४६ ,कप्तान ओयन मोर्गानको २८ ,वेन स्टोक र डेबिड मलानको २४/२४ तथा जोनी वेयस्ट्रोको २० रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो। उता भारतका लागि भने सार्दुल ठाकुर तथा वासीटंन सुंदरले २/२ र युजवेन्द्र चहल तथा भुबनेश्वर कुमारले १/१ विकेट लिन सफल रहे। 

१६५ रनको मध्यम लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गऱ्यो। उसका लागि ७३ रनको अविजित पारी खेलेका कप्तान विराट कोहोलीले टिट्वान्टी अन्तराष्ट्रियमा ३००० रन बनाउने पहिलो खेलाडीको रुपमा आफुलाई उभ्याए भने हिजोको खेलमा डेब्यु गरेका ईशान किसनले ५६ रनको अर्धशतकिय पारी खेल्दै म्यान अफ दि म्याच हुन सफल भए। 

यि दुई बिचको तेस्रो टिट्वान्टी मंगलबार अहमदाबादमा हुनेछ।