एजेन्सी :। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा वेस्टहामका क्रेग डावसनले आत्मघाती गोल गरेका थिए ।
उक्त जितसँगै म्यानचेस्टर युनाइटेड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको लिगमा २९ खेलमा ५७ अंक भएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १४ अंकले पछाडी रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २९ खेलमा ५६ अंक रहेको छ । यता पराजित वेस्टहामको भने २८ खेलमा ४८ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।