पुस २५, २०७८ आइतबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती रहेको बताएका छन् ।

आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले सो बताएका हुन् । 

खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावका कारण लक्षित उपलब्धि हासिल गाह्रो हुने उनको भनाइ छ । 

सो क्रममा उनले सात प्रतिशत आर्थिक वृद्धि कायम राख्न चुनौती रहेको बताए । 

सरकारले आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।