एजेन्सी : साविकको विजेता पेरिस सेन्टर जर्मन पिएसजी पराजित भएको छ ।
सोमबार बिहान सम्पन्न खेलमा नानटेसले पिएसजीमाथि २-१ को जित हासिल गरेको छ । नानटेसका लागि रानडल कोलो र मोसेस सिमोनले १/१ गोल गरेका थिए भने पिएसजीका लागि एक गोल जुलियन ड्राक्सलेरले गरेका थिए ।
उक्त हारसँगै पिएसजीलाई शिर्ष स्थानमा उक्लिने अवसरमा ठुलो धक्का लागेको छ । पिएसजीको अब २९ खेलमा ६० अंक छ भने र लिगमा दोस्रो स्थानमा छ भने शिर्ष स्थानमा रहेको लिलेको २९ खेलमा ६३ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको लिओनको पनि २९ खेलमा ६० अंक रहेको छ ।