एजेन्सी : इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ ।
आइतबार राति सम्पन्न खेलमा इन्टर मिलानले टोरिनोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानको जितमा रोमेलु लुकाकु र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । लुकाकुले खेलको ६२औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने मार्टिनेजले ८५औ मिनेटमा गोल गरेका थिए । यस अघि टोरिनोका लागि खेलको ७०औ मिनेटमा एन्टोनियो सनाबारियाले गोल गरेका थिए ।
उक्त जितसँगै लिगको शिर्ष स्थानमा रहेको इन्टर मिलानको २७ खेलमा ६५ अंक भएको छ । यता पराजित टोरिनोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।