पुस २६, २०७८ सोमबार

गणपुरक संख्या नपुगेपछि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आगामी माघ ३ गते बिहान १० बजे बैंकको केन्द्रिय कार्यलय दरबारमार्ग, काठमौडौमा हुने भएको छ । यसअघी बैंकको सभा पौष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बोलाइएको थियो । 

सभाले बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने जस्ता प्रस्तावहरू पारित गर्नेछ । 

बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध श्री उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतवाट विपक्षीहरुका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको बैंकले जनाएको छ । 

अदालतको आदेशमा भनिएको छ “यसमा निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विपक्षी समेतको करा सनी निर्णय लिन न्यायोचित हने देखिदा मिति २०७८ माघ ३ मा छलफल पेशी तोकि सो अवधिसम्म निवेदक प्रमोद श्रेष्ठको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६(१) (क) बमोजिमको योग्यता भएको महालक्ष्मी विकास बैंकको मिति २०७८ पौष २० को पत्रबाट देखिएकोले सो अवधिसम्म निर्वाचन कार्यक्रमको बाँकि काम कारवाही नगर्नुू ।

सभाका लागी प्रस्ताव गरिएको सञ्चालक पदको निर्वाचन सम्बन्धी वाँकि कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको र बार्षिक साधारण सभा सम्वन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन हुने बैंकले जनाएको छ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।