एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले कठिन जित निकालेको छ ।
सोमबार बिहान सम्पन्न भएको खेलमा सेभिल्लाले घरेलु मैदानमा रियल बेटिसमाथि १-० गोलको जित निकालेको छ ।
घरेलु टोली सेभिल्लाको जितमा योसेफ एन–नेसरीले निर्णायक गोल गरे । उनले खेलको २७औँ मिनेटमा गरेको गोल नै सेभिल्लाको जितमा निर्णायक बन्यो ।
उक्त जितसँगै चौथो स्थानको सेभिल्लाले २६ खेलबाट ५१ अंक बनाएको छ । ऊ तेस्रो स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछाडि छ । यता पराजित बेटिस भने ४२ अंकका साथ छैटौँ स्थानमा छ । उसले २७ खेल खेलेको छ ।