पुस २६, २०७८ सोमबार

 पूर्व राजा ज्ञानेन्द्र शाह पदमुक्त भएपछि पहिलो पटक राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्न सिंहदरबार जाने भएका छन् । पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा पौष २७ गते सिंहदरबार मुल गेट अगाडी रहेको शालिकमा माल्यार्पण गर्न दिनको १२ः३० बजे उपस्थित हुने उनको संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । 

राजावादी, राजतन्त्रका समर्थक तथा आम नागरिकले हरेक वर्ष पृथ्वी जयन्ती धुमधामको साथ मनाउने गरेका छन् । अघिल्ला वर्षहरुमा यस अवसरमा पूर्व राजा शाहले शुभकामना मन्तव्यमात्र दिने गरेका थिए । तर यस वर्ष भने उनी भौतिक उपस्थितिमै माला लगाउन जाने भएका हुन् ।