पुस २६, २०७८ सोमबार

एजेन्सी । सोमालियाको राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रिय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको आक्रमणलाई असफल पारिएको जनाइएको छ  । सोही क्रममा सेनाले गरेको कारबाहीका क्रममा  २१ अल–शबाब लडाकूहरूलाई मारिएकाे एसएनएका अधिकारीहरूले जनाएका छन्  ।

एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् ।  एसएनए र गाल्मुदुग क्षेत्रिय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतङ्ककारीहरू मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ । 
 
मध्य र दक्षिणी क्षेत्रहरूमा अल–शबाब लडाकूहरूविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरू जारी रहेको छ ।  लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरू थापेर विस्फोट गराउने कामहरू गर्दै आएका छन् ।