पुस २६, २०७८ सोमबार

जेनेभा । उच्चस्तरीय अमेरिकी र रुसी कूटनीतिज्ञहरूबीच युक्रेनमा बढ्दो तनावको विषयमा जेनेभामा महत्त्वपूर्ण वार्ता शुरु भएको छ । 

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा स्थानीय समय अनुसार सोमवार बिहान वार्ता शुरु गरेका हुन् । अमेरिकी र रुसी अधिकारीहरूबीच युक्रेनको सिमानामा सेना परिचालनका विषयमा वार्ता भैरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको दावी छ । उनले यसलाई “रणनीतिक स्थिरता संवाद“ को संज्ञा दिएका छन् । युक्रेन र रुस सीमामा महिनौंदेखिको तनावपछि यो बैठक भएको हो ।

युक्रेन लगायत आफ्ना युरोपेली सहयोगी र साझेदारहरूको सुरक्षाको सवालमा संयुक्त राज्य अमेरिका गम्भीर रहेको  भन्दै प्रवक्ताले यसका लागि वार्ता र सम्वाद जारी रहने बताएका छन् ।